क्यालिफोर्नियाको ‍दर्जनौँ स्थानमा डढेलो, ६ जनाको मृत्यु, हजारौँ विस्थापित | Khabarhub Khabarhub

क्यालिफोर्नियाको ‍दर्जनौँ स्थानमा डढेलो, ६ जनाको मृत्यु, हजारौँ विस्थापित


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी क्षेत्रमा दर्जनौँ स्थानमा लागेको डढेलोले ६ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीपछिको तातो हावाले जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ ।

डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् ।

डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । बरू डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ४२ बजे

प्रधानमन्त्रीसँग महामन्त्रीद्वयले भने : कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा

काठमाडौंं–  ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

बङ्गलादेशमा डक कामदारहरूको हडताल

ढाका– बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध

भोजपुर– निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार

गोरखा– मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर