एनआरएन यूएईमा भाँडभैलो, अध्यक्ष कोइराला एनए बोर्ड म्यानेजरबाट निलम्बित | Khabarhub Khabarhub

एनआरएन यूएईमा भाँडभैलो, अध्यक्ष कोइराला एनए बोर्ड म्यानेजरबाट निलम्बित



दोहा – गैरआवासीय नेपाली संघ एनआरएनए यूएईको विवाद उत्कर्षमा पुगेको छ ।

नेपाल एशोसियसन (एनए) यूएईले एक विज्ञप्ति जारी गर्दै एनआरएन यूएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बीओडी) बाट निलम्बन गरेको जनाएको छ ।

नेपाल एशोसियसन (एनए) यूएईका अध्यक्ष रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै निलम्बन गरिएको जनाइएको छ।

बोर्ड बैठकको निर्णयलाई र सीडीएको स्वीकृतिलाई आधार मानी अन्य आवश्यक कारबाहीको लागि सीडीएसमक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अध्यक्ष कोइरालाले दुबई कमिटीका पदाधिकारीहरुलाई निलम्बन गरेको, नेपाल एसोसिएसनलाई जानकारी नगराएई लेटरहेड प्रयोग गएको सिडिए मातहतमा रहेको संस्था आफैंले गरेको सहमति उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

यस्तै पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजना (आईएललो) सहयोग रकमलाई अगाडि बढाउन (बीओडी) लाई सल्लाह र सहकार्य नगरेको, नेपाल एशोसियसनबाट आधिकारिक कुनै पनि कार्यक्रम गर्दा सीडीएको अनुमति नलिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ३० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार