कांग्रेसको प्रश्न - खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? | Khabarhub Khabarhub

कांग्रेसको प्रश्न – खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न कांग्रेसले सरकारको ध्यनाकर्षण गराएको छ ।

गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेको भन्दै सरकारी खर्चमै उद्धार गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशको दुई महिनापछि पनि महँगो चार्टर फ्लाईटको टिकट व्यवस्था गरेर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले बताएको छ ।

वैदेशिक रोजगारीमा गएका र अप्ठ्यारोमा परेकालाई नेपालीलाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’

मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक दिनमा ३ वटा मात्रै उद्वार फ्लाईटको अनुमति दिएको र भदौ १६ बाट शुरु गर्ने भनिएको उडानमार्फत पनि समस्यामा परेका नेपालीहरु नेपाल आउन महिनौं लाग्ने भन्दै कांग्रेसले पीडामा रहेका नेपालीको पीडा सरकारले नबुझेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।’

चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने सरकारी व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सरकारले ‘वर्ग शत्रु’को ब्यवहार गरेको आरोप समेत लगाएको छ ।

कांग्रेसले विदेशमा रोजगारीमा रहेका नेपालीलाई ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  २ : १२ बजे

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा