बुटवलकी कोरोना संक्रमित गर्भवती कोहलपुरमा शल्यक्रियाबाट सुत्केरी « Khabarhub

बुटवलकी कोरोना संक्रमित गर्भवती कोहलपुरमा शल्यक्रियाबाट सुत्केरी


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटबल उपमहानगरपालिका–११, नहरपुरकी २८ वर्षीया एक गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ । उनले बाँकेको कोहलपुर मेडिकल कलेजमा शिशु जन्माएकी हुन् ।

बुटवलकी बासिन्दा ती गर्भवतीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएन । उनलाई परिवारजनले कोहलपुर पुर्‍याए ।

कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञसहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ती महिलालाई संक्रमित सुत्केरी बेथा लागेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । शनिबार बिहान साढे ९ बजे शल्यक्रियाबाट छोरी जन्माइएको हो ।

शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्य अवस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्य ठिक छ । भोलि कोरोना परीक्षण गर्छौं त्यसपछि मात्रै बच्चामा संक्रमण भए नभएको थाहा हुन्छ ।’

आइतबार प्रादेशिक अस्पताल बुटवल पुगेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । चिकित्सकले काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।

पहिलो सन्तान शल्यक्रिया जन्माएका दोस्रो पनि शल्यक्रिया नै गर्नुपर्ने ठहरसहित प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गरेको थियो । उनका पति पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ संक्रमित गर्भवतीको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म त्यहाँ कसैको शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ । कोहलपुर मेडिकल कलेजमा उनीसँगै चार जना कोरोना संक्रमितको शल्यक्रिया भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ३ : ३९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले