कुवेतमा जारी कर्फ्यू आगामी साता हट्ने, नेपालसहित ३१ देशको प्रतिबन्ध नहट्ने « Khabarhub

कुवेतमा जारी कर्फ्यू आगामी साता हट्ने, नेपालसहित ३१ देशको प्रतिबन्ध नहट्ने



दोहा – कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले विभिन्न चरणमा लगाएको कर्फ्यू हटाउने भएको छ ।

पाँच महिनादेखि लगाइएको कर्फ्यू आगामी साताबाट हटाइने कुवेत सरकारले जनाएको छ । यही अगष्ट ३० तारिख बिहान ३ बजेबाट कर्फ्यू हटाइए पनि नेपालसहितका विभिन्न ३१ मुलुकमाथिको प्रतिबन्ध भने कायमै रहने भएको छ ।

कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेश गर्न नदिने भएको छ ।

प्रतिबन्ध लगाइएका देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेर आएको खण्डमा भने कुवेत प्रवेशमा अनुमति दिइने जनाइएको छ ।

तर, प्रतिबन्ध लगाइएका ३१ देशहरूमा कोरोना नियन्त्रणको स्थितिलाई हेरेर हरेक १०/१० दिनमा प्रतिबन्ध हेरफेर गर्न सक्ने कुवेत सरकारले जनाएको छ ।

कुवेतमा कोरोना भाइरसको संक्रमणपछि जारी गरिएका विभिन्न खाले प्रतिबन्धले रोजगारी गुमाएका तथा कार्यअबधि पूरा गरेका नेपाली श्रमिक स्वदेश फर्कन सकेका छैनन् । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : १६ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण