न्यायाधीश सिफारिसप्रति सर्वोच्च अदालतकै कर्मचारीको असन्तुष्टि | Khabarhub Khabarhub

न्यायाधीश सिफारिसप्रति सर्वोच्च अदालतकै कर्मचारीको असन्तुष्टि


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफरिसप्रति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदातलको समितिले असन्तुष्टि जनाएको छ ।

समितिले सोमबार विज्ञप्ती जारी गर्दै न्यायपालिका स्वातन्त्र, सक्षम र निष्पक्ष रहनुपर्ने लोकतान्त्रिक अवधारणा विपरित न्यायलयको गरिमामा आँच आउनेगरी न्यायपरिषद्को न्यायाधीस सिफरिस गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समितिले सर्वोच्च र उच्च अदालतमा सिफरिस गरिएका न्यायाधीशहरु असक्षम र अयोग्य रहेको आरोप समेत लगाएको छ ।

न्याय परिषद्ले संविधान र कानूनविपरित सेवाभित्रबाट ६० प्रतिशत र बाहिरबाट ४० प्रतिशत योग्यलाई सिफरिस गर्ने नियमलाई समेत तोडेको भन्दै समितिले खेद प्रकट गरेको छ ।

समितिले असक्षम र अयोग्यलाई सर्वोच्च अदाका न्यायाधीश पदमा अनुमोदन नर्गन संसदीय सुनुवाई समिति र उच्च अदालतमा सिफरिस गरिएका अयोग्यको हकमा सिफरिस फिर्ता लिन न्यायपरिषद‍्लाई  ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ५९ बजे

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन