बुटवलको कोरोना अस्पतालमा नयाँ बिरामीलाई बेड छैन | Khabarhub Khabarhub

बुटवलको कोरोना अस्पतालमा नयाँ बिरामीलाई बेड छैन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालका आइसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । दैनिक लक्षणसहितका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड भरिएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार बुटबल धागो कारखनामा बनाइएको कोरोना अस्थायी अस्पतालमा १६ वटा आइसियु बेड छन् । त्यहाँ ८ जना बिरामीलाई अक्सिजन दिइएको छ । दुई जना बिरामी भेन्टिलेटरमा छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन गरेको कोरोना विशेष अस्पतालमा आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम रहेको डा खनालले बताए । उनका अनुसार जम्मा ३६ वटा आइसोलेसन बेड रहेकोमा २१ जना बिरामी आइसोलेसनमा छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा बिरामी भरिएको डा. खनालले बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य बिरामीले ६ वटा आइसोलेसन बेड भरिएका छन् । । अब आउने नयाँ बिरामी राख्न समस्या हुने डा खनालको भनाइ छ । बुटबल धागो कारखानामा ५० देखि १०० बेडको अस्थायी अस्पताल बनाउने भनिए पनि अहिलेसम्म काम भएको छैन ।

प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरीले अवश्यकता अनुसार बेड थप्दै जाने बताएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालसँगै कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डीमा कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन् ।

भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले नियमित सेवा सुरु गरेको छ त्यहाँ कोरोनाका बिरामी एक जनामात्र रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले बताए ।

बुटबल उपमहानगरपालिकाले नगरभित्रकाका लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा राख्ने गरेको छ । उपमहानगरका स्वास्थ्य संयोजक जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए अहिले ५८ जना बुटबलका कोरोना संक्रमित होम आइसोलेसनमा रहेको बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडकल सुपरिटेण्डेण्ट डा खनालका अनुसार कोरोना सामान्य लक्षण देखिएका बिरामीहरूलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ । तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिएको उनले बताए ।

बुटबलको कोरोना अस्पतालबाट अहिलेसम्म घर गएका ९७ जनाको उपचार भएको छ । प्रदेश ५ मा अहिलेसम्म ५ हजार ३४६ संक्रमित भएकोमा सक्रिय संक्रमितको संख्या १ हजार ३१ छ । संक्रमितमध्ये १७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : ५८ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती