बुटवल कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु, रुपन्देहीमा लकडाउन थपियो « Khabarhub

बुटवल कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु, रुपन्देहीमा लकडाउन थपियो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा दुई जना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीया महिला र ३८ वर्षीय पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार गत साउन ३१ गते भर्ना भएकी ती महिलामा श्वासप्रश्वास, उच्च रक्तचाप र मृगौला सम्बन्धी रोग थियो । उनमा कोरोना पोजेभिट देखिएको थियो ।

यसैगरी रुपन्देहीकै समरीमाई गाउँपालिका–२, मुडुलाका ती पुरुष कोरोना पोजिटिभ देखिएपछि भदौ १ गते अस्पताल भर्ना भएका थिए । दुवै जना कोरोना विशेष अस्थायी अस्पतालको आइसियु भेन्टिलेटरमा उपचारमा रहेकोमा महिलाको आज अपराह्न १ बजे र पुरुषको १ बजेर १० मिनेटमा मृत्यु भएको जनाइएको छ ।

यसैबीच, समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि रुपन्देहीमा लकडाउन एक हप्ता थपिएको छ । जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी गराएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि आज राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ । पसल खोल्न र हिडँडुल गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : १९ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान