बुटवल कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु, रुपन्देहीमा लकडाउन थपियो « Khabarhub

बुटवल कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु, रुपन्देहीमा लकडाउन थपियो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा दुई जना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीया महिला र ३८ वर्षीय पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार गत साउन ३१ गते भर्ना भएकी ती महिलामा श्वासप्रश्वास, उच्च रक्तचाप र मृगौला सम्बन्धी रोग थियो । उनमा कोरोना पोजेभिट देखिएको थियो ।

यसैगरी रुपन्देहीकै समरीमाई गाउँपालिका–२, मुडुलाका ती पुरुष कोरोना पोजिटिभ देखिएपछि भदौ १ गते अस्पताल भर्ना भएका थिए । दुवै जना कोरोना विशेष अस्थायी अस्पतालको आइसियु भेन्टिलेटरमा उपचारमा रहेकोमा महिलाको आज अपराह्न १ बजे र पुरुषको १ बजेर १० मिनेटमा मृत्यु भएको जनाइएको छ ।

यसैबीच, समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि रुपन्देहीमा लकडाउन एक हप्ता थपिएको छ । जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी गराएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि आज राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ । पसल खोल्न र हिडँडुल गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : १९ बजे

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र

कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा

बुढीगण्डकी आयोजना अघि बढाउन सरकारलाई गोरखा र धादिङका नेताको ध्यानाकर्षण

काठमाडौँ- गोरखा र धादिङका नेताहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ