होस्टेलमा चिकित्सक राख्दा विरोध गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता  « Khabarhub

होस्टेलमा चिकित्सक राख्दा विरोध गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता 


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सकलाई होस्टेलमा राख्दा अवरोध सिर्जना गर्नेमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई राखिएको घरमा अवरोध गर्ने स्थानीयलाई कारबाही गर्ने मन्त्रालयले जनाएको हो ।

मन्त्रालयलका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ बानेश्वरकाे मिलन चोकस्थित एक होस्टेलमा बस्दै आएका चिकित्सकमाथि स्थानीयले अवरोध गरेको भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई कारवाही गर्न निर्देशन गरिएको जनाए।

महामारीका बेला खटिने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद रहेको भन्दै मन्त्रालयले यस्तो गतिविधि नगर्न अनुरोध गरेको छ।

शनिबार सिभिल अस्पतालका चिकित्सक र नर्स राखिएको होस्टलमा स्थानीयले अवरोध गरेका थिए। उनीहरूले संक्रमण फैलिनेसक्ने डर रहेको भन्दै त्यहाँबाट चिकित्सकहरूलाई निकाल्न भनेका थिए।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ४० बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना