होस्टेलमा चिकित्सक राख्दा विरोध गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता  | Khabarhub Khabarhub

होस्टेलमा चिकित्सक राख्दा विरोध गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता 


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सकलाई होस्टेलमा राख्दा अवरोध सिर्जना गर्नेमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई राखिएको घरमा अवरोध गर्ने स्थानीयलाई कारबाही गर्ने मन्त्रालयले जनाएको हो ।

मन्त्रालयलका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ बानेश्वरकाे मिलन चोकस्थित एक होस्टेलमा बस्दै आएका चिकित्सकमाथि स्थानीयले अवरोध गरेको भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई कारवाही गर्न निर्देशन गरिएको जनाए।

महामारीका बेला खटिने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद रहेको भन्दै मन्त्रालयले यस्तो गतिविधि नगर्न अनुरोध गरेको छ।

शनिबार सिभिल अस्पतालका चिकित्सक र नर्स राखिएको होस्टलमा स्थानीयले अवरोध गरेका थिए। उनीहरूले संक्रमण फैलिनेसक्ने डर रहेको भन्दै त्यहाँबाट चिकित्सकहरूलाई निकाल्न भनेका थिए।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ४० बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको