दुबई विमानस्थलमा अलपत्र २६४ नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

दुबई विमानस्थलमा अलपत्र २६४ नेपाली स्वदेश फर्किए



दोहा – संयुक्त अरव इमिरेट्स (यूएई)को दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द हुँदा अलपत्र परेका २६४ नेपाली आज स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत उनीहरु नेपाल फर्किएका छन् ।

स्वदेश फर्किनको लागि २७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन नपाएको बताइको छ ।

यस्तै, सो जहाजमा यूएईमा विभिन्न समयमा मृत्यु भएका दुई नेपालीको शव पनि रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्थापन नभएको सबै चार्टर्ड उडान रद्द भएपछि उडानको लागि दुबई विमानस्थल पुगेका उनीहरु अलपत्र परेका थिए।

विमानस्थिलमा यात्रुहरु अलपत्र पारेर विमान रित्तै फर्किएपछि सरकारको व्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : १३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार