चुनावलाइ लक्षित गरेर एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्‍यो : ट्रम्प « Khabarhub

चुनावलाइ लक्षित गरेर एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्‍यो : ट्रम्प


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मानवमा परीक्षण गरेको ढिलाइ चुनाव लक्षित भएको ट्रम्पको दाबी छ ।

‘एफडीए वा यसका अधिकारीले खोप र उपचारका लागि मानव परीक्षण प्रक्रियालाई धेरै जटिल बनाइरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु ।’

अमेरिकामा हाल विभिन्न कम्पनीहरूले विकास गरेका भाइरसविरुद्धका ३ वटा खोप तेस्रो चरणको परीक्षणको पर्खाइमा छन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ । विभिन्न सर्वेक्षणले ट्रम्पको पक्षमा जनमत कमजोर देखाइरहेका बेला उनी स्वयंमले एफडीएलाई समेत आफूलाई असफल पार्न लागि परेको आरोप लगाएका छन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा असफल भएको भन्दै पछिल्ला दिनमा उनको चर्को आलोचना हुदै आएको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : ३८ बजे

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले