डोल्पा – विषालु च्याउ खाएर डोल्पाको ठूलीभेरीका ४ जना सिकिस्त बिरामी भएका छन् ।
ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तम शाही, वडा नम्बर ८ का वर्ष ३३ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाही आइतबार साँझ विषालु च्याउ खादा सिकिस्त विरामी परेको प्रहरीले जनाएको छ ।
उनीहरू बिरामी परेको आज विहान मात्रै थाहा पाएपछि उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
प्रतिक्रिया