सरकारले तीन लेभलको व्यवस्था खारेज गर्दै बनायो कोभिड अस्पताल | Khabarhub Khabarhub

सरकारले तीन लेभलको व्यवस्था खारेज गर्दै बनायो कोभिड अस्पताल


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न तय गरेको ३ लेभलको अस्पतालको व्यवस्था खारेज गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमितको उपचारका लागि तय गरिएको ‘लेभल’ अस्पतालको व्यवस्था खारेज गरिएको बताए ।

डा गौतमका अनुसार कोरोना भाइरस संक्रमितको उपचारका लागि तयार पारिएका लेभल एक, लेभल दुई र लेभल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको हो ।

डा गौतमले कोरोको उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोरोना अस्पताल भनेर नामाकरण गर्ने पनि बताए ।

तर ती अस्पतालहरुमा कोभिड र नन–कोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने डा गौतमले बताए ।

यसअघि मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’मा तहगत रुपमा वर्गीकरण गर्ने व्यवस्था थियो ।

कम लक्षण र जोखिम भएका बिरामीलाई लेभल एक, सामान्य अवस्थाभन्दा अलि जटिल समस्या देखिएका संक्रमितहरुलाई लेभल दुई र अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने गम्भीर बिरामीलाई लेभल ३ को अस्पतालमाम उपचार गरिँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयले देशभरका लेभल एकमा २३ वटा, लेभल दुईमा १८ र लेभल तिनमा ७ वटा अस्पतालहरु तोकेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : २१ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको