दमौली अस्पतालमा भेन्टिलेटरसहित आइसोलेशन कक्ष | Khabarhub Khabarhub

दमौली अस्पतालमा भेन्टिलेटरसहित आइसोलेशन कक्ष


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँ सदरमुकाम दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ ।

कोभिड–१९ का सङ्क्रमित थपिँदै गएका र जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माण गर्न आवश्यक देखिएपछि सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रु दुई करोड बजेट विनियोजन गरेको हो ।

अस्पतालमा चार भेन्टिलेटरसहितको दश शय्या क्षमताको आइसोलेशन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जानकारी दिइन् ।

कोभिड–१९ को प्रभावले देशभर सङ्क्रमितको सङ्ख्या बढिरहेकोे अवस्था र तनहँुमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जनताप्रतिको उत्तरदायित्वका कारण आफूहरुले सरकारलाई भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरेको न्यौपानेले बताइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीप्रसाद तिवारीले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको बैठकबाट उक्त रकम दमौली अस्पताललाई निकासा गरिएको जानकारी दिए ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिका तर्फबाट पनि सङ्घीय सरकारलाई सो विषयमा अनुरोध गरिएको थियो ।

अस्पतालमा दश शय्याको आइसोलेशन कक्ष निर्माणका लागि ठाउँको व्यवस्थापन गर्न सकिने अधिकारीले जानकारी दिए । अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि रु एक करोड ६९ लाख बजेट प्राप्त भएको छ ।

प्रदेश सरकारबाट प्राप्त बजेटबाट सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि टेण्डर गर्ने अन्तिम तयारी भएको छ । प्रदेश सरकारले पनि पाँच भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको छ । अस्पतालले गत वर्ष अक्सिजन प्लाण्ट खरिद गर्न प्रक्रिया शुरु गरे पनि असार अन्तिममा मात्रै आएर प्राविधिकले मूल्याङ्कन गरिदिएका कारण उक्त काम गर्न सकेको थिएन ।

जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा आर्थिक भारसमेत पर्दै आइरहेको छ । कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटिएको अस्पतालले जनाएको छ ।

पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन सकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० शय्याको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ ।

अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्लासभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको केही जग्गा अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

जिल्लासभाले दमौली अस्पतालसँगै जोडिएका कृषिज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : २३ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २

लुटपाटको अभियोगमा पक्राउ

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जना पक्राउ

कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी– चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा

श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन्

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता  

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी