अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा « Khabarhub

अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान आइपुगेको छ ।

पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भने, “तालिवान विद्रोहीहरुको प्रतिनिधि मण्डललाई अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बनाउनेगरी छलफल गर्न बोलाइएको हो ।”

उच्चस्तरीय सो टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले गरेको जनाइएको छ ।

उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ ।

पाकिस्तानमा रहेका अफगानी शरणार्थी, सिमानामा आवाज जावत गर्ने व्यवस्थालगायतका बारेमा पनि दुई पक्षका बीचमा छलफल हुने तालिवान प्रवक्ता सुहाइल शाहिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन् ।

अफगानीस्तानी सरकारले ८० जना तालिवान विद्रोहीहरुलाई कारागारमुक्त गरेपछि यो घटनाक्रम विकास भएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ५२ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत