राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको ट्रम्पको दाबी « Khabarhub

राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको ट्रम्पको दाबी


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा घोषित राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको दाबी गरेका छन् ।

रिपब्लिकन दलको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका हुन्।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै सम्बोधन गरेका ट्रम्पले हुलाकमार्फत् गरिने मतदान दुरुपयोग हुने दाबी गरेका छन् । तर, विपक्षीहरूले कसरी धाँधली गर्छन् भन्नेमा भने उनी स्वयम अनभिज्ञ देखिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा काम गर्न नसकेको भन्दै ट्रम्पको पछिल्लो समय चर्को आलोचना हुँदै आएको छ । यसैकारण उनको लोकप्रियता घटेको टिप्पणीहरू भइरहेका छन् । ताजा मत सर्वेक्षणहरूले समेत उनलाई पछाडी पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ५१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित