मलेसियाबाट ५ उडान तय, अगष्ट २८ र ३० नेपालीलाई स्वदेश फर्काइने   « Khabarhub

मलेसियाबाट ५ उडान तय, अगष्ट २८ र ३० नेपालीलाई स्वदेश फर्काइने  



दोहा – कोरोना भाइरसको महामारीले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट ५ उडान तय भएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार अगष्ट २८ र ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान गर्ने सुनिश्चित भएको छ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अगष्ट २८ मा गर्ने उडानको तालिका सार्वजनिक पनि सार्वजनिक भएको छ ।

यस्तै अगष्ट ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान भर्ने दूतावासले जनाएको छ । अगष्ट १९, २० र २१ तारिखको लागि टिकट काटिसकेका यात्रुहरुले ट्राभल्स एजेन्सीसंग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिहरुले मात्र यात्रा गर्न पाउने भएकाले नेपाल पुग्दा ७ दिन भित्रको हुनुपर्ने गरी पीसीआर गर्न दूतावासले सूचित गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ४६ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली