मलेसियाबाट ५ उडान तय, अगष्ट २८ र ३० नेपालीलाई स्वदेश फर्काइने   « Khabarhub

मलेसियाबाट ५ उडान तय, अगष्ट २८ र ३० नेपालीलाई स्वदेश फर्काइने  



दोहा – कोरोना भाइरसको महामारीले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट ५ उडान तय भएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार अगष्ट २८ र ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान गर्ने सुनिश्चित भएको छ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अगष्ट २८ मा गर्ने उडानको तालिका सार्वजनिक पनि सार्वजनिक भएको छ ।

यस्तै अगष्ट ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान भर्ने दूतावासले जनाएको छ । अगष्ट १९, २० र २१ तारिखको लागि टिकट काटिसकेका यात्रुहरुले ट्राभल्स एजेन्सीसंग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिहरुले मात्र यात्रा गर्न पाउने भएकाले नेपाल पुग्दा ७ दिन भित्रको हुनुपर्ने गरी पीसीआर गर्न दूतावासले सूचित गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ४६ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण