ओली-दाहाल छलफल सकियो, भदौ १३ गतेलाई बोलाइयो सचिवालय बैठक « Khabarhub

ओली-दाहाल छलफल सकियो, भदौ १३ गतेलाई बोलाइयो सचिवालय बैठक


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयबीच करीब दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो।

छलफलमा दुवै अध्यक्षबीच आउँदो शनिबार, १३ भदौमा केन्द्रीय सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार, नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन बैठकको प्रमुख एजेण्डा हुनेछ।

नेकपामा मध्य असारदेखि तीव्र बनेको शक्ति संघर्षले पार्टीलाई नै फुटको संघारमा पुर्‍याएको थियो। संघर्ष चर्कंदा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने दबाब बढेको थियो।

शक्ति संघर्ष मत्थर पार्न अनेक चरणमा भएका भेट र छलफलपछि अध्यक्षद्वय ओली र दाहाल कार्यदल गठन गर्न सहमत भएका थिए। ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दुई-दुई जना सहभागी कार्यदलले शनिबार, ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ५८ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध