ओली-दाहाल छलफल सकियो, भदौ १३ गतेलाई बोलाइयो सचिवालय बैठक | Khabarhub Khabarhub

ओली-दाहाल छलफल सकियो, भदौ १३ गतेलाई बोलाइयो सचिवालय बैठक


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयबीच करीब दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो।

छलफलमा दुवै अध्यक्षबीच आउँदो शनिबार, १३ भदौमा केन्द्रीय सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार, नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन बैठकको प्रमुख एजेण्डा हुनेछ।

नेकपामा मध्य असारदेखि तीव्र बनेको शक्ति संघर्षले पार्टीलाई नै फुटको संघारमा पुर्‍याएको थियो। संघर्ष चर्कंदा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने दबाब बढेको थियो।

शक्ति संघर्ष मत्थर पार्न अनेक चरणमा भएका भेट र छलफलपछि अध्यक्षद्वय ओली र दाहाल कार्यदल गठन गर्न सहमत भएका थिए। ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दुई-दुई जना सहभागी कार्यदलले शनिबार, ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ५८ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय