गौरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई प्रगाढ बनाओस्: राष्ट्रपति « Khabarhub

गौरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई प्रगाढ बनाओस्: राष्ट्रपति


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले गौरा पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिँदै गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् ।

गौरा पर्व जस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भनी उनले शुभेच्छा पनि व्यक्त गरेकी छिन् ।

मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ । यस पर्वमा कामविशेषले परदेश गएकाहरू घर फर्कने र विवाहिता महिलाहरू माइत जाने गर्छन् ।

यस अवसरमा पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’ लाई प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने यस पर्वका अवसरमा महिलाले शिव र पार्वतीको पूजा अर्चनासहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने, निःसन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकाङ्क्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ३० बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन