आगामी अक्टोबरदेखि अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारीमा थाइल्यान्ड | Khabarhub Khabarhub

आगामी अक्टोबरदेखि अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारीमा थाइल्यान्ड


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । आगामी जाडोयाममा भ्रमणका लागि जान चाहनेहरुलाई थाइल्यान्डले पूर्ण स्वागत गर्ने बताएको छ । आधिकारिक जानकारी अनुसार अक्टोबरबाटै देशमा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउन सुरु गरिनेछ जसमा सबै आगन्तुकहरुले केही निश्चित नियम कानुनको भने पालना गर्नुपर्ने हुन्छ ।

सबैभन्दा पहिले पर्यटकहरु एकदुई दिन नभएर थाइल्यान्डमा केही हप्ताका लागि भ्रमण गर्न तयार हुनुपर्छ भने पहिले नै निर्धारित गरिएका स्थलमा सिमित रहनुपर्नेछ । गत हप्ता आयोजित एक सार्वजानिक फोरममा थाइल्यान्डका पर्यटन मन्त्रीले ‘सेफ एण्ड सिल्ड’ नामक सुरक्षित नीतिगत कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउने योजना रहेकाबारे जानकारी दिएका हुन् । यसलाई आगामी अक्टोबर १ देखि नै लागू गरि पर्यटकहरुलाई भ्रमणको अनुमति दिन आफूले प्रधानमन्त्री समक्ष स्वीकृतिका प्रस्ताव गरेको उनले बताएका छन् ।

सुरुवातमा पर्यटकहरु केबल फुकेटसम्मको उडान भर्न पाउनेछन् जुन थाइल्यान्डको सबैभन्दा ठूलो टापु हो र त्यहाँ पुगेर १४ दिनसम्म निर्धारित रिसोर्टमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । मन्त्रीले पतोङ बिच को उदाहरण दिँदै यो कार्यक्रम त्यस किसिमको ठाउँमा प्रभावकारी हुने बताएका हुन् जसमा एक किलोमिटरको क्षेत्रफलमा तीनदेखि चारवटा सम्म रिसोर्ट तयार राखिने उनले बताए । यसमार्फत पर्यटकहरुले समुद्र किनारमा आरामदायक समय बिताउन पाउनेछन् । साथै क्वारेन्टिनको सुरुवात र अन्त्यमा गरि दुईपटकसम्म पर्यटकहरुको कोभिड परीक्षण गरिनेछ । क्वारेन्टिन अन्त्य हुँदासम्म नतिजा पोजेटिभ नआए उनीहरु टापुभर स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनेछन् ।

तर फुकेट बाहेकका अन्य गन्तव्यमा पनि जान चाहनेहरुले चाहिँ थप सात दिन अतिरिक्त क्वारेन्टिनमा बस्नुपर्ने र २१ दिनपछिको कोभिड नतिजा नेगेटिभ आएमा मात्र घुम्न पाउने उनको भनाइ छ । यसैगरी ती क्षेत्रमा अवस्थित होटलका कर्मचारीहरुलाई पनि क्वारेन्टिनमा नबसी र नियमित परीक्षण नगराएसम्म निर्धारित स्थलबाट बाहिरिने अनुमति दिइनेछैन । यसरी भाइरस फैलिनबाट जोगाउन सकिने उनले बताएका हुन् ।

पर्यटन आयोगका गर्भनर युथसाक सुपासोमले संचार माध्यम सिएनएनसँग बताए अनुसार धेरै हद्सम्म यो योजना स्वीकृत भइसकेको छ र अबको अर्को कदममा स्थानीयहरुबाट अनुमति लिनुपर्ने हुन्छ । यस सम्बन्धी सार्वजानिक सुनुवाइ सेम्पटेम्बरको सुरुवातमै थालिने अपेक्षा गरिएको छ ।

अन्य थुप्रै मुलुकहरु जसरी पर्यटनमै अधिक निर्भर भएकाले थाइल्यान्डको अर्थतन्त्र पनि कोभिका कारण नराम्ररी प्रभावित भएको छ । देशको कूल घरेलु आयमा १५ प्रतिशत पर्यटन क्षेत्रकै योगदान रहने गरेको छ । र थाइल्यान्डमा विगत तीन महिनादेखि सामुदायिक संक्रमण फेला परेको छैन । जसकारण नै पर्यटन क्षेत्र छिटै पुनःसुचारु गर्न सकिने आशा गरिएको छ । सीएनएनबाट

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : ४५ बजे

भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको

सेती नदीमा बेपत्ता युवकको शव निकालियो

पोखरा– पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

भैरहवा– बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको

गाजामा इजरायली हमला, १९ जनाको मृत्यु

एजेन्सी– सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा

सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले कम्तिमा दुई प्रदेशमा