शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

बिरामीको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालले जनाएको छ।

बिरामी भएर नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका उनलाई हिजोबाट शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । ८ गते अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना परीक्षण गरिएको र हिजो दिउँसो ३ बजे कोरोना पोजेटिभको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

उनको आज बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ०५ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको