लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने | Khabarhub Khabarhub

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङबहादुर दोङकी छोरीसहित ७ बालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले गरी ८ जनालाई कक्षा १२ सम्मको शिक्षा, यसै शैक्षिक सत्रबाट पढाउने व्यवस्था गरिएको छ ।’

बालबालिकालाई काठमाडौंको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने पनि उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् बस्नेतले जारी गरेको विज्ञप्ति

Image may contain: text

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १ : ५५ बजे

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड – स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो

साउनको सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन

आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास