झापाको कामाटोलीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीको गोली लागि दुई जना घाइते « Khabarhub

झापाको कामाटोलीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीको गोली लागि दुई जना घाइते



झापा – झापा गाँउपालिका ३ कामाटोलिमा स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको छ ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको बताइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्रको टोलीले चलाएको गोली लागि दुई जना घाइते भएका छन् । उनीहरूलाई बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका लागि पठाइएको छ ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।

सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेको बताइएको छ । सो वस्तीमा मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ४७ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’