जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी बिरामी « Khabarhub

जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी बिरामी


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् ।

जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन् । यस तातो हावाबाट यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै बिरामी परेका बताइएको छ ।

यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र बिरामी बनाएको छ ।

उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका बताइएको ।

प्राप्त समाचारमा जनाइएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै बढी हो ।गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्यान गएको थियो । तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी बिरामी परी अस्पताल नै भर्ना भएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ३३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको