कतारबाट अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान भर्ने « Khabarhub

कतारबाट अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान भर्ने



दोहा – हिमालय एयरलाइन्सले अगष्ट ३१ तारिखमा कतारबाट नेपाल फर्किने उडान तालिका सार्वजनिक गरेको छ ।

साथै यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्कनेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वारेन्टिनमा बस्न नपर्ने निर्णय गरेको छ ।

तर, पीसीआर रिपोर्ट नलिई स्वदेश फर्केका नेपालीहरू भने काठमाडौंमा आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित व्यावसायिक उडान गर्ने निर्णय गरेको छ ।

कतारमा यी अस्पतालमा पीसीआर परीक्षण गर्न सकिन्छ:

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल