प्रहरीको गोली लागेर दुई अश्वेतको मृत्यु भएपछि अमेरिकामा प्रदर्शन चर्कियो « Khabarhub

प्रहरीको गोली लागेर दुई अश्वेतको मृत्यु भएपछि अमेरिकामा प्रदर्शन चर्कियो


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — अमेरिकामा प्रहरीको गोली लागेर दुई जना अश्वेत व्यक्तिको मृत्यु भएपछि प्रदर्शन चर्किएको छ ।

एक जना अश्वेतलाई गोली प्रहार गरेको विरोधमा सुरू भएका प्रदर्शनका क्रममा विस्कन्सिन राज्यमा प्रहरीले चलाएको गोली लागि २ जनाको मृत्यु भएपछि त्यहाँ प्रदर्शन चर्किएको हो ।

प्रहरीको गोली लागी ज्याकोब ब्लेक नामका व्यक्ति गम्भीर घाइते भएको विरोधमा विस्कन्सिनको केनोसामा प्रदर्शन गरिएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई कैयौं पटक गोली प्रहार गरिएको देखिएको थियो । गोली प्रहारका कारण उनमा पक्षघात भएको जनाइएको छ ।

ब्लेकलाई गोली हानिएपछि जारी प्रदर्शन हिंसात्मक भएपछि लगाइएको कर्फ्यूको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

प्रहरीको गोली लागी एक जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार एक पेट्रोल स्टेसनमा तैनाथ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडपहरू भएका छन् ।

तस्वीर : एएफपी

विस्कन्सिनका गभर्नर टोनी एभर्सले जारी प्रदर्शन रोक्न थप फौज परिचालन गरिएको जनाएका छन् । उनले स्थानीय प्रहरीलाई सहयोग गर्न नेसनल गार्डलाई बोलाइएको बताए । घटनापछि विस्कन्सिनमा आपत्काल घोषणा गरिएको छ ।

ओरिगनको पोर्टल्यान्ड तथा मिनिसाटाको मिनियापोलिससमेत प्रदर्शहरू सुरू भएका छन् ।

मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोइयडको मृत्यु भएपछि अमेरिकाव्यापी प्रदर्शन चर्केको थियो । त्यही प्रदर्शन मत्थर नहुँदै त्यहाँ फेरि अर्को प्रदर्शन सुरू भएको छ ।

यी प्रदर्शनहरू जातीय हिंसामा परिणत हुँदै जाँदा आउदो राष्ट्रपतीय निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अप्ठ्यारो पार्ने कारकसमेत बन्न सक्ने विश्लेषणहरू हुन थालेका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ३७ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन