अमेरिकी जासुस विमानले आफ्नो मुलुकका सैन्य गतिविधी रेकर्ड गरेको चीनको दाबी   | Khabarhub Khabarhub

अमेरिकी जासुस विमानले आफ्नो मुलुकका सैन्य गतिविधी रेकर्ड गरेको चीनको दाबी  


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी जासुसी विमान आफ्नो भू-भागमा प्रवेश गरेर सैन्य गतिविधी रेकर्ड गरेको चीनले दाबी गरेको छ ।

दुई अमेरिकी जासुसी विमान आफ्नो सीमामा घुसेर सैन्य अभ्यास गोप्य रुपमा रेकर्ड गरेको चीनले दाबी गरेको छ ।

अमेरिकी जासुस विमानले उत्तरी चीनको सीमा क्षेत्रमा भएको आफ्नो सैन्य अभ्यासलाई रेकर्ड गराएको दाबी गर्दै उसले अमेरिकी सेनाको उक्त गतिविधि सैन्य झडपका लागि कारक हुन सक्ने चेतावनी दिएको छ ।

‘गत महिना २ अमेरिकी लडाकू विमान संघाईबाट ७५ किलोमिटरको दूरीमा उडान भरिरहेका दृष्यहरु समेत देखिएका छन्,’ चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वू किनले भने, ‘हाम्रो सेनाका बारेमा थुप्रै घण्टा (रेकर्ड) जासुसी गरेका छन् । यसले हाम्रो सैनिक प्रशिक्षणलाई असर गरेको छ । अमेरिकाले दुई देशबीचको सम्झौता समेत उल्लंघन गरेको छ ।’

अमेरिकाले त्यहाँ प्रयोग गरेको विमान यु–२ पहिलोपटक सन् १९५० पछि देखापरेको बताइएको छ ।

यी विमानले चिनियाँ क्षेत्रमा ७० हजार फिटमाथिबाट रेकर्ड गरेको आरोप लागेको छ । अमेरिकाले भने चिनियाँ आरोपको खण्डन गरेको छैन । सिएनएनसँगको कुराकानीमा यूएस एयरफोर्सका एक अधिकारीले आफूहरू नियममा बसेर काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : १३ बजे

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो