महाराजगञ्ज वृत्तमा कार्यरत २२ प्रहरी कोरोना संक्रमित « Khabarhub

महाराजगञ्ज वृत्तमा कार्यरत २२ प्रहरी कोरोना संक्रमित


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको हो ।

‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो ।

त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टरसहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

संक्रमण देखिएपछि साईबर ब्यूरोमा कार्यरत प्रहरीलाई अफिस आउन ‘पालो सिस्टम’ लागु गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ११ : ४३ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली