किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन | Khabarhub Khabarhub

किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किनोशा– संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोनोइज राज्यको एन्टिओजका ती १७ वर्षीय युवक काइल रिटेनहाउजलाई प्रदर्शनकारीमाथि गोली चलाएको आरोप छ । प्रहरीको समर्थक बताउने ती युवकले भीडमा छिरेर प्रदर्शनकारीमाथि गोली चलाएका थिए ।

उनले चलाएको गोलीबाट दुई जनाको मृत्यु हुनुका साथै अरु एक व्यक्ति घाइते भएका छन् ।

अर्ध–स्वचालित राइफल लिएर प्रदर्शनस्थलमा पुगेका काइल रिटेनहाउजले आफूले चलाएको गोली लागेर कुनै व्यक्तिको मृत्यु भएको हुन सक्ने स्वीकार गरेका छन् ।

विस्कन्सनका गभर्नर टोनी एभर्सले तीनदिनदेखि जारी हिंसा नियन्त्रणमा ल्याउन किनोशामा ५०० जना राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिनु भएको छ । मिल्वाकी र सिकागोको बीचमा अवस्थित करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिंसा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न विचारविमर्श भइरहेको गभर्नर एभर्सले बताए ।

अधिकारीहरुले साँझ ७ बजेदेखि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेका छन्, तर प्रदर्शनकारीहरुले बुधबार पनि निषेधाज्ञा उल्लंघन गरेका थिए ।

स्थानीय रिपब्लीकन र डेमोक्र्याट पार्टीका नेता, समाजसेवी र राज्यका पदाधिकारीहरुले हिंसात्मक प्रदर्शनहरु रोक्न स्थानीयवासीसँग आग्रह गरेका छन् । गभर्नर एभर्सले यस्ता पीडादायी घटना पुनः नदोहोरिने स्थिति निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

वासिङ्टनमा न्याय विभागले संघीय जाँच ब्यूरोका २०० भन्दा बढी संघीय सदस्यहरुलाई किनोशा पठाउन लागिएको जनाएको छ । साथै दुई हजार नेसनल गार्डका सदस्यलाई किनोशामा तैनाथ गरिने ह्वाइट हाउसले जनाएको छ ।

मंगलबार राति मारिएका एक व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार पहिलो व्यक्तिमा विस्कन्सिन राज्यका २६ वर्षीय सिल्भर लेकको मृत्यु भएको छ भने किनोशाका अर्का ३६ वर्षीय पुरुष मारिएका छन् । घाइते भएका व्यक्ति विस्किन्सनका ३६ वर्षीय वेस्ट एलिज रहेका छन् ।

गत आइतबार प्रहरीले एक निहत्था अश्वेत २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने सात राउन्ड गोली प्रहार गरेको थियो ।

उक्त घटना भएको तीन दिनपछि बुधबार गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । रस्टेन सेस्की नामका ती प्रहरी अधिकारीले चलाएको गोली लागेर सख्त घाइते भएका ब्लेकको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

गोली चलाउने क्रममा प्रहरीले ब्लेकलाई आफूसँग भएको हतियार फाल भन्दै जोडजोडले कराएको सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर राज्यका अधिकारीहरुले ब्लेकको साथमा चक्कु रहेपनि उनले कसैमाथि आक्रमणको प्रयास समेत नगरेको बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले किनोशाको हिंसा अन्त्यका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ३ : २१ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको