कतारबाट १० हजार बढी नेपाली स्वदेश फिर्तीको पर्खाइमा « Khabarhub

कतारबाट १० हजार बढी नेपाली स्वदेश फिर्तीको पर्खाइमा



दोहा : कोरोना महामारी लगायत विविध कारणले कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या अझै १० हजार भन्दा बढी रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले यसअघि कतारबाट स्वदेश फर्किन विभिन्न माध्यमबाट फारम भरेका ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची सार्वजनिक गरेको थियो ।

दूतावासमार्फत नेपाल फर्कन ५ हजार ७ सय ५७ जना र कोरोनाका कारण कम्पनीले कामदार कटौती तथा कम्पनी बन्द भएपछि कतारका विभिन्न कम्पनीहरुले ३ हजार ६ सय २८ जना नेपाल कामदारलाई पठाउन विवरण दूतावासलाई उपलब्ध गराएको थियो ।

अहिले रोजगारी गुमाउने नेपालीको संख्या बढेको कारण स्वदेश फर्किनेहरुको संख्या १० हजार भन्दा बढिरहेको
दूतावासका द्वितीय सचिव भुवनप्रसाद भट्टले बताए ।

कोरोना महामारी शुरु भएपछि नेपाल फर्किन चाहने नेपालीको संख्या धेरै भएपछि अहिलेसम्म विभिन्न उद्धार उडानमार्फत ५ हजार ५ सय १७ जना नेपाली स्वदेश फर्किसकेको उनले बताए ।

दूतावासका अनुसार अब अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । सो उडानमार्फत प्राथमिकतामा परेकाहरुको उद्धार गरिने जनाएको छ । यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको ।

स्वदेश फर्कनलेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाडौंमा होटल क्वरेन्टिनमा बस्न नपर्ने निर्णय गरेको छ ।

तर पीसीआर रिपोर्ट नलिइ गएकाले काठमाडौंमा आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नु पर्ने समेत दूतावासले जनाएको छ ।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुको हकमा कम्तिमा ७ दिनको होटेल खर्च पनि आफैले तिर्ने लिखित प्रतिवद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने जनाइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ५२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण