आईपीएल : शीर्ष स्थानका लागि कलकत्ता र चेन्नई भिड्दै, चल्ला आन्द्रे रुसेलको ब्याट ? « Khabarhub

आईपीएल : शीर्ष स्थानका लागि कलकत्ता र चेन्नई भिड्दै, चल्ला आन्द्रे रुसेलको ब्याट ?


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार (आज) शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । ८ अंकसहित शीर्ष दुई टोली कलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्सले शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका छन् ।

समान ५ खेल खेलेका दुबै टोलीले समान चार—चार खेलमा जीत हासिल गरेका छन् । तर, नेट रनरेटका आधारमा चेन्नई दोस्रो स्थानमा छ । आईपीएलमा अहिलेसम्मका खेल हेर्दा बलियो देखिएका दुबै टोलीले चेन्नईको घरेलु मैदानमा एक—अर्कामाथि जीत निकाल्दै शीर्ष स्थानको होडमा छन् ।

कोलकत्ताको खेल हेर्दा वेष्ट इन्डीजका हिटर आन्द्रे रुसेलको अलराउण्ड प्रदर्शनले साथ दिइ रहेको छ । उनले यसअघि बैंगलोरविरुद्ध गरेको आक्रामक ब्याटिङको चर्चा सर्वत्र भइरहेको छ । उनले १३ बलमा ७ छक्कासहित ४८ रन बनाएका थिए । चेन्नईविरुद्ध पनि रुसेल आक्राक भए चेन्नईलाई शीर्ष स्थानमा पुग्न सकस हुने प्रष्ट छ ।

यता, चेन्नईका लागि भने कलकत्ताविरुद्ध अहिलेसम्मका खेलमा स्पिनरहरु हावी भएको देखिन्छ । स्टेफेन फ्लेमिङले भनेका छन् हर्वजन सिंह र मिचेल सेन्टेनरले अवसर पाए कलकत्ताविरुद्ध आक्रामक खेल्न सक्ने आसंका गरीएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १२ : ५९ बजे

बागमती प्रदेशले माग्यो २४८ जना विद्यालय नर्स

काठमाडौं– बागमती प्रदेशले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७०

नसर्ने रोग स्क्रिनिङ अभियानअन्तर्गत चार लाख १६ हजार बढिको स्वास्थ्य परीक्षण

काठमाडौं– सरकारले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण तथा विशिष्टीकृत स्वास्थ्य

२४ घण्टामा विपदका ४७ घटना, ३ जनाको मृत्यु,  ७ घाइते

काठमाडौं– देशका विभिन्न स्थानमा विगत २४ घण्टामा भएका विपद्का घटनामा

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि