अमेरिकाको लुइजियाना भीषण आँधी आउँदा चारको मृत्यु « Khabarhub

अमेरिकाको लुइजियाना भीषण आँधी आउँदा चारको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफान लोराका कारण तीव्र गतिको हावा चल्दा ढलेका रुखहरुमा च्यापिएर कम्तीमा चारजनाको ज्यान गएको छ।

लोरा तुफानका कारण प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको हावाका कारण धेरै क्षति भएको बीबीसीले उल्लेख गरेको छ ।

पाँच लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति बन्द भएको छ। औद्योगिक क्षेत्रमा रसायनिक पदार्थका कारण आगलागी भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।

हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ। सो तुफान अर्कान्सास राज्य तर्फ गएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवस्थाबारे संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) ले ब्रिफिङ्ग गरेको छ। उनले सप्ताहन्तमा प्रभावित क्षेत्रमा जाने बताएका छन्।

लोरा तथा मार्को नाम गरेको तुफान क्यारबियन क्षेत्र भएर अमेरिका प्रवेश गरेको हो। क्यारबियन क्षेत्रमा ती तुफानका कारण २४ जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : १८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित