पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा « Khabarhub

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले ठूला ढुङ्गा हटाउन बाँकी रहेकाले दुईतर्फी नै सडक खुलाउन केही समय लाग्ने जानकारी दिए ।

“स–साना ढुङ्गा हटाएर सवा एक घण्टामा बाटो एकतर्फी भइसकेको छ, ठूला ढुङ्गा हटाउन केही समय अझै लाग्ने देखिएको छ,” उनले भने ।

राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि अत्यावश्यक कामका लागि गुडेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । आँबुखैरेनी–मुग्लिङ सडकखण्डअन्तर्गत यस ठाउँमा बेलाबेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

वर्षा नभएका बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १२ : ५९ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग