भारतमा कोरोना संक्रमणमा रेकर्ड, एकैदिन ७७ हजार सङ्क्रमित « Khabarhub

भारतमा कोरोना संक्रमणमा रेकर्ड, एकैदिन ७७ हजार सङ्क्रमित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् ।

कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् । सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : ४६ बजे

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ