काभ्रेको स्पाईनल इन्जुरी अस्पतालमा ६८ जनामा कोरोना संक्रमण « Khabarhub

काभ्रेको स्पाईनल इन्जुरी अस्पतालमा ६८ जनामा कोरोना संक्रमण


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा एकै दिन २८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अस्पतालमा यस अघि ४० जनामा कोरोना पुष्टि भई सकेको छ ।

अस्पताल भित्र मात्रै संक्रमितको संख्या ६८ पुगेको छ । अस्पतालको सम्पर्कमा रहेका स्थानीयहरु १२ जनामा संक्रमण देखिएको छ ।

बनेपा नगरपालिका १३ भित्र मात्रै शुक्रबार दिउसोसम्म १ सय ३ जनामा कोरोना पु्ष्टी भएको छ । सोहि वडामा पुर्व राज्य मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतलाई संक्रमण पुष्टि भईसकेको छ ।

असार २६ गते पहिलो ब्यक्तिमा देखिएको कोरोना उक्त वडाका १ सय ३ जनामा फैलिएको हो । संघीय प्रहरी इकाईमा कार्यरत १९ जना प्रहरीमा पनि सोहि वडामा संक्रमण देखिएको छ । अस्पताल भित्र संक्रमण फैलिएसँग वडा शिल गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

नगरपालिकाले उक्त क्षेत्रमा कडाई गरे पनि समुदायमा फैलिएको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । बनेपा नगरपालिकामा १ सय २६ जनामा कोरोना देखिएको छ । २ सय २२ जना संक्रमित भएका छन् ।

स्पाईनल इन्जुरी अस्पतालमा भदौ १० गते १२ जना विरामीमा संक्रमण देखिएको थियो । त्यहि दिन स्थानीयहरु १० जनामा संक्रमण देखिएको थियो । त्यहि भित्र जिल्ला समन्वय समितिका प्रमुखको परिवारका ७ सदस्यमा कोरोना पुष्टि भएको थियो । भदौ ९ गते साँगा घर भएका एक परिवारका पाँच जना सदस्यहरुमा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताए । समुदाय र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सचेत रहन डा. झाले आग्रह गरे ।

स्पाईनल पछि संक्रमित भएको क्षेत्र धुलिखेल अस्पताल हो । जहाँ ३१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । प्रहरी २२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ३ : ५८ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने