स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल « Khabarhub

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर अघि बढ्न सकिने उल्लेख गरे । उनले कतिपय अवस्थामा बनिसकेको कार्यविधि वा निर्देशिकामा पनि त्रुटि रहेको र त्यस्ता विषय सच्चाइने बताए ।

मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउँदै यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र रु २५ लाखको बीमाको व्यवस्था गरिसकेको जानकारी दिए ।

उनले आज नेपाल चिकित्सक सङ्घ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान), नर्सिङ एसोशियसन, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, स्वास्थ्य प्राविधिक सङ्घ, स्वास्थ्य प्रयोगशालाकर्मी सङ्घलगायत संस्थाका प्रतनिधिसँग छलफल गरेका थिए ।

छलफलमा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं (हिसान)का अध्यक्ष रमेश सिलवालले सरकारको अभियानमा आवश्यक सहयोग गरिने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : २४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र