स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल « Khabarhub

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर अघि बढ्न सकिने उल्लेख गरे । उनले कतिपय अवस्थामा बनिसकेको कार्यविधि वा निर्देशिकामा पनि त्रुटि रहेको र त्यस्ता विषय सच्चाइने बताए ।

मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउँदै यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र रु २५ लाखको बीमाको व्यवस्था गरिसकेको जानकारी दिए ।

उनले आज नेपाल चिकित्सक सङ्घ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान), नर्सिङ एसोशियसन, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, स्वास्थ्य प्राविधिक सङ्घ, स्वास्थ्य प्रयोगशालाकर्मी सङ्घलगायत संस्थाका प्रतनिधिसँग छलफल गरेका थिए ।

छलफलमा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं (हिसान)का अध्यक्ष रमेश सिलवालले सरकारको अभियानमा आवश्यक सहयोग गरिने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : २४ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन