रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम आइसोलेसनमा « Khabarhub

रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम आइसोलेसनमा

पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक स्थगित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि प्रधानसेनापति पूर्णचन्द थापासम्म होम आइसोलेसनमा बसेका छन् ।

सीसीएमसी स्रोतका अनुसार कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका हुन् ।

सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा साढे दुई घन्टा छलफल भएको थियो ।

बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको  पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ ।

यसैबीच, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : १५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र