सभापति बनेँ भने पहिलो काम विधान संशोधन गर्छु : महामन्त्री कोइराला « Khabarhub

सभापति बनेँ भने पहिलो काम विधान संशोधन गर्छु : महामन्त्री कोइराला


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन् ।

रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा असहमति जनाएका हुन् ।

“म सभापति भएपछि तीनवटा काम गर्नेछु । पहिलो पार्टी एक गर्ने, दोस्रो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा ५० प्रतिशतको व्यवस्था गर्ने,” उनले भने ।

त्यस्तै महामन्त्री कोइरालाले शेरबहादुर देउवाबाट पार्टी सन्चालन नभएको भन्दै अब पार्टीमा परिवर्तन हुनुपर्ने बताए ।

“पार्टी सभापतिले संगठन त हाँक्नुपर्यो नि । कोषाध्यक्षको पदमात्र मनोनित हुन्छ । जो सभापति भएपनि पार्टी उसले कसरी चलाउँछ ?” कोइरालाले भने, “पदाधिकारी सबैको निर्वाचन गर्ने कुरा मलाई पटक्कै चित्त बुझेको छैन । ”

सभापति भएँ भने मेरो पहिलो काम यो विधानमा परिवर्तन गर्ने भन्दै महामन्त्री र उपसभापति २-२ जना भए एउटा मनोनित र एक निर्वाचित हुने व्यवस्था राख्नुपर्ने उनको भनाइ थियो ।

अहिलेको विधान बनाउँदा नै यो विधानले पार्टी चल्दैन भनेको स्मरण गराउँदै उनले पार्टीलाई बीपी कोइरालाको बेलामाजस्तै प्रेसिडेन्सियल सिस्टममा चल्नुपर्छ भनेर आफूले भनेपनि कसैले नसुनेको उनको गुनासो थियो ।

महामन्त्री कोइरालाले सबैलाई मिलाएर आफू सभापतिको उमेदवार बन्ने विशस पनि व्यक्त गरे । त्यस्तै, उनले देशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले विगतमा पार्टीमा दुःख गरेका, प्रवासमा रहेर संघर्ष गरेकाहरुको आवाजलाई पनि सुनुवाई गर्ने आफ्नो प्रतिवद्धता रहेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ११ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ