देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, कहाँ कति ?  « Khabarhub

देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, कहाँ कति ? 


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् ।

त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन् । वाग्मती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन् ।

तीमध्ये काठमाडौँका नौ र ललितपुरका दुई जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा आठजना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन् ।

प्रदेश नं ५ मा ११ जना पत्रकार सङ्क्रमति भएका छन् । तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका छ र रुपन्देहीका दुई जना रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेखमा एकजना पत्रकार सङ्क्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको जानकारी दिनुभयो ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । महासङ्घले सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ५१ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र