५५ दिनदेखि साउदीको सडकमा बास « Khabarhub

५५ दिनदेखि साउदीको सडकमा बास



दोहा- वैदेशिक रोजगारीका लागि ७ महिनाअघि साउदी अरब पुगेका एक नेपाली युवा सडक जीवन जीउन बाध्य भएका छन् ।

काठमाडौँस्थित साइनिङ स्टार म्यानपावरमार्फत साउदीको अल मल्की कम्पनीमा पुगेका स्याङ्जा पुतली बजार नगरपालिकाका अनिल मिया अलपत्र परेका हुन् ।

कम्पनीले २ महिनादेखिको तलब दिएको छैन भने बसेको कोठा पनि छोड भनेपछि उनको बास ५५ दिनदेखि सडकमा छ ।

नेपालबाट एजेन्टले डाईरेक्ट कम्पनीमा भनेर पठाएको र साउदी पुगेपछि सप्लाई कम्पनीमा काम लगाएको तथा काम गर्ने ८ घण्टा भनेकोमा १० घण्टा काम गर्न लगाएको पीडित मियाले बताएका छन् । ड्राइभर भनेर पठाए पनि यहाँ आएपछि ड्राइभर र लेवरको काम गर्नु परेको उनको भनाइ छ ।

मेनपावर कम्पनीले १८ सय साउदी रियाल कमाइ हुने भनेर उनीबाट १ लाख ४० हजार रूपैयाँ लिएको पीडित मियाले बताए । उनले भने, ‘नेपालमा भएको सम्झौताको केहि भएन । हामीले सम्झौता मानेर उनीहरुले भनेजत्ति पैसा दियौँ । अहिले यहाँ यस्तो दु:खको जीन्दगी बिताउनुपरेको छ।’

कम्पनीले २ महिना ११ दिन काम गरेको तलबसमेत नदिएर बिचल्ली पारेको उनले सुनाए । ‘सम्झौता अनुसारको तलब सुविधा नदिने भए काम नगर्ने भनेपछि सम्बन्धित कम्पनीले आफ्नो कोठाबाट निकालेपछि अहिले सडकमा रात बिताउनु परेको छ । मैले समस्या राखेपछि कम्पनीले आधा घण्टा भित्रै कोठा छोडेर जानु भन्यो । कोठा छोड्नुको विकल्प पनि भएन,’ उनले भने ।

यो गुनासो उनले साउदीस्थित नेपाली दूतावासमा पनि गरेको उनले बताए । भने, ‘कम्पनिको मेनेजरलाई जानकारी गराएर नेपालमा सम्झौता गरिए अनुसार सेवा सुविधा नपाएको भन्दै केही राहत हुने हेतुले साउदीस्थित नेपाली दूतावास पनि सुनाए । तर दूतावासले एजेन्टलाई भन्नु हामी केही गर्न सक्दैनौँ ।’

नेपालमा एजेन्टलाई कुरा गर्दा आज गर्छु भोलि गर्छु भन्दै यतिका महिना बितिसक्दा पनि अहिलेसम्म केही नगरेको उनले बताए ।

एजेन्ट र दूतावासले पनि बेवास्ता गरेको कारण विगत ५५ दिनदेखि उनी उद्धारको पर्खाइमा साउदीको सडकमा रात दिन बिताईरहेका छन् ।

यता, उनलाई पठाउने म्यानपावरका प्रतिनिधिलाई सम्पर्क गर्दा उनले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै मियाले आफू खुशी कम्पनीमा काम गर्दागर्दै गाडी सडकमै छोडेर भागेको बताएका छन् ।

मेनपावरका एक प्रतिनिधिले भने, ‘उ अहिले कम्पनी छोडेर बाहिर सडकमा बसेको बारे म्यानपावर कम्पनी जानकार रहेको र उलाई अझै पनि कम्पनीमा काम गर्न गए कम्पनीले काम दिने तथा नगएमा नेपाली दूतावाससँग समन्वय गरी ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्काउन पहल गरिने छ ।’

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १० : ३८ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता