मेस्सीको वार्ता प्रस्ताव बार्सिलोनाद्वारा अस्वीकार ! « Khabarhub

मेस्सीको वार्ता प्रस्ताव बार्सिलोनाद्वारा अस्वीकार !


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित फुटबलर लियोनल मेस्सीले बार्सिलोना छाड्ने हल्ला चलेको झण्डै एक साता पुग्न लाग्यो । तर, अहिलेसम्म यसमा कुनै खास निचोड निस्किएको छैन् ।

गएको मंगलबार मेस्सीले बार्सिलोनाका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई क्लब छाड्ने भन्दै पत्र काटेपछि यो विषय उत्कर्षमा पुगेको हो ।

पछिल्लो समाचार अनुसार मेस्सीले बार्सिलोनासँग बैठकको प्रस्ताव गर्दा क्लबले अस्वीकार गरेको जनाइएको छ । स्पेनिस फुटबल पत्रिका मार्काले एल पेरियोडिकोलाई उदृत गर्दै बार्सिलोनाले मेस्सीको प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।

मेस्सीले बर्तमान समयमा सिर्जना भएको समस्याको समाधानबारे छलफलका लागि प्रस्ताव गरेको तर, बार्सिलोनाले रुचि नदेखाएको उक्त समाचारमा भनिएको छ ।

‘अब कि मेस्सीको सम्झौता नविकरण हुन्छ । नभए त्यसमा छलफल नै हुँदैन्,’ मार्काले लेखेको छ।

त्यो बाहेक मेस्सीलाई फ्रि टान्सफर मार्फत् लैजान कुनै क्लबले ७ सय मिलियन युरो तिर्नु पर्नेछ ।

केही दिन अगाडी क्लबका अध्यक्ष कर्तमोउले मेस्सी बार्सिलोनामा रहे आफु राजीनामा दिन तयार रहेको बताएका थिए ।

मेस्सीका लागि प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालीयन क्लब इन्टर मिलानले कसरत गरिरहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १२ : २१ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि