पोखरामा कोरोना संक्रमित एक पुरूषको मृत्यु | Khabarhub Khabarhub

पोखरामा कोरोना संक्रमित एक पुरूषको मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए ।

गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक  शल्यक्रिया गरिएको थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सात संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का २१, लमजुङमा छ तथा कास्कीमा एक जना छन् । हालसम्म प्रदेशमा सङ्क्रमितको संख्या दुई हजार ९४ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ३ : ४७ बजे

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको