बहुविवाह मुद्दाका तीन प्रतिवादी कारागार चलान | Khabarhub Khabarhub

बहुविवाह मुद्दाका तीन प्रतिवादी कारागार चलान


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले चार दिनको अवधिमा तीन बहुविवाह मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले पछिल्ला चार दिनमा बहुविवाह मुद्दाका तीन फरार प्रतिवादी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी युवराज तिमिल्सिनाका अनुसार भीमाद नगरपालिका–५ बस्ने ३२ वर्षीया हरिमाया नेपालीलाई नौ वर्षपछि, ऋषिङ गाउँपालिका–२ गैराथोक बस्ने ३३ वर्षीय विनोद भन्ने धनबहादुर राना र ३६ वर्षीया नमूना राना ठकुरीलाई दुई वर्षपछि पक्राउ गरेको हो ।

भीमादकी हरिमायालाई जिल्ला अदालत तनहुँले विसं २०६८ असार २८ गते एक वर्ष छ महिना कैद र रु १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

ऋषिङका धनबहादुर र नमूनालाई जिल्ला अदालतले विसं २०७५ असार २६ गते जनही एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । तीन जनालाई नै कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएकालाई धमाधम पक्राउ गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ०८ बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री