खोप सेवा बैशाखदेखि नै नियमित : डा.गौतम « Khabarhub

खोप सेवा बैशाखदेखि नै नियमित : डा.गौतम


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणले चैत महिनामा प्रभावित भएको खोप सेवा बैशाखदेखि नियमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले कोरोना संक्रमणको कारण केही समय खोप सेवा प्रभावित भए पनि बैशाखदेखि नियमित भइसकेको बताएका हुन् ।

डा.गौतमका अनुसार पहिलो चरणको लकडाउनमा खोप सेवा प्रभावित भएपछि खोप सेवा संचालन सम्बन्धी मार्गदर्शन बनाएर  खोप सेवा संचालन गरिएको हो ।

बैशाखदेखि खोप कार्यकर्तालाई मास्क, स्यानिटाइजरको व्यवस्थापन गरी सेवा नियमित गरेको बताए ।

डा.गौतमले लकडाउनकै कारण स्थगित भएको दादुरा, रुवेला खोप अभियान कोरोना संक्रमण  लकडाउनकै अवस्थामा फेरि शुरु गरिएको बताए ।

दारुरा  रुवेला खोप अभियानमा २५ लाख ९१ हजारभन्दा बढी  बालबालिकालाई खोप दिइएको डा.गौतमको भनाइ छ । लकडाउनकै समयमा १६ लाख ३७ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप सेवा पनि दिइएको उनले बताए ।

धादिङ, गोरखा तथा काठमाडौंलगायतका क्षेत्रमा रूवेला फैलिएपछि ३१ हजार ३ सय २९ जना बालबालिकालाई खोप दिइएको उनको भनाइ छ ।

खोप कार्यकर्ताहरुलाई कोरोनाबाट बच्न मास्क स्यानिटाइजर उपलब्ध गराउन बजेट व्यवस्थापन गरी जिल्लाहरुमा रकम पठाइएको पनि बताए । उनले यसैवर्ष पूर्णखोपयुक्त देश घोषणा गर्ने तयारी समेत रहेको पनि बताए ।

यस्तै नवजात शिशुलाई भिटाभिन ‘के’ पनि दिन लागेको बताइएको छ । भिटामिन ‘के’ले बालबालिकामा हुने  घाउ तथा चोटपटकबाट हुने रक्तश्राव कम गर्ने उनले जानकारी दिए ।

डा.गौतमले खोपको बहुवर्षीय योजना अनुसार यो वर्ष रोटाभाइरसविरुद्धको खोप पनि शुरु भएको बताए । १२ वटा रोगविरुद्ध ६ लाख २० हजार भन्दाबढी बालकालिकाहरुलाई नियमित खोप सेवा दिइएको पनि उनले बताए ।

क्षयरोग, पोलियो, लहरेखोकी, भ्यागुते रोग, धनुष्टंकार, हेपटाइटिस, निमोनिया, मेनएन्टाइटिस, रुवेला, जापनिज इन्सेफ्लाइटिस लगायतका खोपले बालबालिकहरु अपाङ्गाता, बिारमी तथा मृत्यु हुनबाट जोगाउन सकिने विज्ञहरू बताउँछन् ।

यस्तै आगामी वर्ष महिलाहरुको पाठेघरको मुखमा क्यान्सरबाट बचाउने एचपीभी खोपसमेत नियमित खोप कार्यक्रममा राख्ने योजना रहेको उनले बताए ।  खोपबाट बच्न सकिने रोगविरुद्ध विभिन्न किसिमका खोपहरु बालबालिका र गर्भवती महिलालाई दिइने गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ३९ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय