सिन्धुपाल्चोकको विपत्तिबारे प्रधानमन्त्री र सभामुखबीच छलफल | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको विपत्तिबारे प्रधानमन्त्री र सभामुखबीच छलफल


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ।

आज (शनिबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएका हुन्।

‘भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गर्नुभएको थियो,’ सभामुखको सचिवालयले दिएको जानकारीमा भनिएको छ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक काम यथाशीघ्र अघि बढाइने बढाएका थिए।

सभामुखको सचिवालयका अनुसार साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाईएको छ।

बुधबार सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवं सरसफाइका सामग्री हस्तान्तरण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन्।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ३१ बजे

सर्पलाई माया गर्न सिकाउने पर्व ‘नागपञ्चमी’

नेपाल साँच्चै चमत्कारले भरिएको एउटा अद्भुत देश हो। यहाँको प्राकृतिक

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दै, लामाविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज (मंगलबार)

नागपूजा माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक आज

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन्