रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट गम्हरिया ३ का ३० वर्षीय पुरुष छन् । उनको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा ७ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले पुष्टि गरेका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचार गर्न नारायणी अस्पतालमा भदौ ११ गते भर्ना गरिएको थियो ।

कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १२ गते उनलाई कोभिड अस्पताल हेल्थ केयरमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर चौरसियाले जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : ४२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम