उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ « Khabarhub

उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होम-क्वारेन्टिनमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीनै जना मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा थिए।

छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो।

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले आज बस्ने भनिएको बैठक समेत स्थगित भएको थियो। नेकपा सचिवालय बैठक भदौ १८ गतेलाई सरेको छ।

यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। तीन जना मन्त्रीसँगै प्रधानसेनापति थापा पनि होम-क्वारेन्टिनमा थिए।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : १८ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा