राष्ट्रिय एकता अभियानद्वारा काठमाडौं र सप्तरीमा सरकार विरोधी प्रदर्शन « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा काठमाडौं र सप्तरीमा सरकार विरोधी प्रदर्शन


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीमा पनि सरकारले जनताका पक्षमा काम गर्न नसकेको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौँ र सप्तरीमा विरोध प्रदर्शन गरेको छ ।

अभियानले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारका लागि खर्च गरिएको भनिएको १२ अर्ब रूपैयाँको विवरण पारदर्शिता हुनुपर्ने माग गरेको छ ।

सरकारले महामारी सुरू भएपछि राहतस्वरूप १२ किलो चामल दिएकै भरमा झारा टार्न खोजेको भन्दै सहभागीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए ।

चैत्र ११ यता जनजीवन सहज नहुँदा जनता अप्ठ्यारोमा परेकाले सरकारलाई दबाब दिन महामारीकै बीच विरोध प्रदर्शन गरिएको  अभियानका उपाध्यक्ष सुनिता शाहले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १२ : २७ बजे

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक