लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि « Khabarhub

लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिग बिजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो ।

खेलको १२औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७३औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । त्यसपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे ।

युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

योसँगै आर्सनलले १६औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।

लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले एफए कप जितेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : ४७ बजे

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय

सबै प्रकारका विभेदको अन्त्य जरुरी : राष्ट्रपति पौडेल 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले