कोरोना संक्रमणको त्रासले ४९ जिल्लामा निषेधाज्ञा, पाँच जिल्लामा हटाइयो | Khabarhub Khabarhub

कोरोना संक्रमणको त्रासले ४९ जिल्लामा निषेधाज्ञा, पाँच जिल्लामा हटाइयो


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रासले विभिन्न ४९ जिल्लामा निषेधाज्ञा भएको छ ।

संक्रमण फैलदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ । १० जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोज गरिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र कयौँ पालिकाहरूमा अनेकखाले प्रतिबन्ध लगाइएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार जिल्लामा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरेका छन् ।

मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरसहितका ३९ तराईका  सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा र तेह्रथुममा पूर्ण निषेधाज्ञा गरिएको छ ।

यसअतिरिक्त बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।

नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ ।

गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा भने हटाइएको लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ५८ बजे

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा